काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिगाे र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्।
अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन कम्पनीले “फिफा वर्ल्ड कप २०२६ अल्टिमेट सस्क्रायबर्स गिभवे” अभियान संचालनमा ल्याएको हो।
यस ऐतिहासिक अभियान अन्तर्गत डिगाे एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका विभिन्न बम्पर उपहारहरू जित्न सक्नेछन्। डिजिटल वालेट ईसेवा र क्रेस्टको समेत सहकार्य रहेको यस योजनामा विश्वकपको उत्साहलाई हरेक चरणमा बढाउनका लागि दुवै पास खरिदकर्ताहरूलाई समेट्ने गरी बहु-स्तरीय पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत ‘सिजन पास’ खरिद गर्ने विजेताहरूका लागि लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (विशेष गरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने), क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको आधिकारिक जर्सी र नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी मुख्य आकर्षणका रूपमा रहेका छन्। यसका साथै सिजन पास विजेताले एक जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्चको स्मार्ट टिभी र मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई (जोडीका लागि) समेत जित्न सक्नेछन्।
त्यसैगरी, ‘मोबाइल पास’ खरिद गर्ने विजेताहरूका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। जस अन्तर्गत भाग्यशाली विजेताले जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्चको स्मार्ट टिभी तथा आधुनिक स्मार्टफोनहरू प्राप्त गर्न सक्नेछन्।
कसरी सहभागी हुने?
यस ऐतिहासिक गिभअवेमा सहभागी हुन ग्राहकहरूले ३ वटा सरल प्रक्रिया पूरा गर्नुपर्नेछ। सबैभन्दा पहिले डिगाे एप डाउनलोड गरी आफ्नो अकाउन्ट रजिस्टर गर्नुपर्नेछ। त्यसपछि डिगाे एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्नेछ र अन्त्यमा डिगाे को आधिकारिक सामाजिक सञ्जाल खाताहरू (फेसबुक, इन्स्टाग्राम र टिकटक) फलो गर्नुपर्नेछ।





























प्रतिक्रिया