केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० मंसिर ।
दुई ब्रान्डका सिमेन्टको नेपाल गुणस्तर चिन्ह खारेज भएको छ । नेपाल गुणस्तर चिन्ह खारेज हुनेमा अम्बे सिमेन्टको हाइटेक र अम्बे प्रिमियर ब्राण्डका दुई सिमेन्ट रहेका छन् ।
यी दुई सिमेन्टमा जिप्सम र क्लिंकर मात्रै प्रयोग गरेर ओपिसी सिमेन्ट गर्नुपर्नेमा स्ल्याग मिसाइएको पाइएपछि नेपाल गुणस्तर तथा नाप तौल बिभागले सिमेन्टको गुणस्तर चिन्ह खारेज गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार अब यी सिमेन्ट बेच्न पाइने छैन । पटक–पटक त्यसबारे सचेत गराउँदा पनि अटेर गरेका कारण गुणस्तर चिन्ह खारेज गरिएको महानिर्देशक पुडासैनीको भनाइ छ । उनका अनुसार अब कम्पनीले यी दुई ब्राण्डको गुणस्तर चिन्ह लिन नयाँ प्रक्रिया अनुसार थप ३ देखि ६ महिनासम्म लाग्नेछ ।





























प्रतिक्रिया