काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सभापति रवि लामिछानेसँगको छलफलपछि इन्दिरा रानामगर र समीक्षा बास्कोटाले उम्मेदवारी घोषणा फिर्ता लिएपनि सोविता र तोसिमा भने अडानमै रहेपछि निर्वाचन हुने भएको हो ।
सोविता वर्तमान सरकारकी कानुनमन्त्री समेत हुन् । रास्वपाको हिजो भएको केन्द्रिय सदस्य निर्वाचनमा सोविताले २५९४ मत पाउँदा तोसिमाले २२५७ मत पाएकी थिइन् ।





























प्रतिक्रिया