काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सूची सार्वजनिक भएको छ । जसमा तीव्र प्रतिस्पर्धा महामन्त्री र सहमहामन्त्री पदमा हुने देखिएको छ।
महामन्त्री पदका लागि पार्टीका प्रमुख नेताहरूसहित ८ जनाको उम्मेदवारी दर्ता भएको छ । महामन्त्रीका उम्मेदवारमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्। यसअघि महामन्त्रीमा दाबी गरेका कबिन्द्र बुर्लाकोटी, ललितपुरका जगदीश खरेल र शिशिर खनाल भने पछि हटिसकेका छन् ।
यसैगरी रास्वपाको सहमहामन्त्रीमा पनि उम्मेदवारहरुको लर्को लागेको छ । ३ जना सहमहामन्त्री १६ जना प्रतिस्पर्धामा उत्रेका छन् । रास्वपामा एक महिलासहित ३ सहमहामन्त्री निर्वाचनबाट छनोट हुने व्यवस्था छ । प्रारम्भिक सूचीअनुसार दुई पुरुषका लागि ११ जना र एक महिलाका लागि ५ जनाले उम्मेदवारी दिएका हुन् ।
सहमहामन्त्री पुरुषका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् । महिला सहमहामन्त्री तर्फ भने जुली यादव विदुषी राणा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।





























प्रतिक्रिया