रास्वपा महाधिवेशनः पदाधिकारी चयनमा मतदान जारी, आजै शपथ हुने

रास्वपा महाधिवेशनः पदाधिकारी चयनमा मतदान जारी, आजै शपथ हुने

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया अन्तर्गत पदाधिकारी चयनका लागि मतदान जारी रहेको छ।

पहिलो चरणको निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेपछि दोस्रो चरणमा शीर्ष पदाधिकारीहरू चयनका लागि मतदान भइरहेकाे हो। मतदान समय ४ बजेसम्मका लागि तोकिएपनि अहिलेसम्म मतदान जारी छ ।

महाधिवेशन अन्तर्गत सभापति पदमा रवि लामिछाने र खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी रहेका अन्य पदाधिकारी पदहरू (महिला उपसभापति, महामन्त्री, खुला सहमहामन्त्री र महिला सहमहामन्त्री) का लागि अहिले मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ।

यसैबीच निर्वाचन प्रक्रिया सम्पन्न भई मतपरिणाम सार्वजनिक भएलगत्तै नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आजै गर्ने तयारी गरिएको छ। पार्टीद्वारा जारी सूचना अनुसार आज साँझ ६:३० बजे महाधिवेशन स्थलकै मुख्य हलमा विशेष शपथग्रहण समारोह राखिएको छ।

Logo