काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि भएको मतदान सम्पन्न भएको छ ।
केहीबेर अघि सकिएको मतदानमा १२८९ मत खसेको बताइएको छ । ४ हजार बढी प्रतिनिधिहरू भएको रास्वपामा उनीहरु मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।
हिजो केन्द्रीय सदस्यको मतदानमा २९५९ मत खसेको थियो ।
महाधिवेशन लम्बिएका कारण केही प्रतिनिधि मतदान नगरी नै घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ। त्यसकै प्रभावस्वरूप पदाधिकारी निर्वाचनमा मतदाताको संख्या उल्लेख्य रूपमा घटेको देखिएको हो। रास्वपाले यस चरणमा सभापति, दुई उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी पाँच पदाधिकारीका लागि निर्वाचन गरिरहेको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।





























प्रतिक्रिया