ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस पार्टनर समिट सफलतापूर्वक आयोजना गरेको छ । नेपाली विद्यार्थी र पेशाकर्मी (व्यवसायिक व्यक्ति) लाई आइइएलटिएसको माध्यमबाट अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी तथा आप्रवासनका अवसरको पहुँच दिलाउन यसका साझेदार संस्थाले पु¥याएको योगदानलाई सम्मान र कदर गर्न आयोजित समिटमा नेपालका विभिन्न क्षेत्रका साझेदार संस्था सहभागी भएका थिए ।

समिटमा ब्रिटिस काउन्सिल र यसका साझेदार संस्थाबीचको सुदृढ सहकार्यबारे विस्तृत रुपमा चर्चा गर्दै नेपालमा अन्तर्राष्ट्रिय योग्यता र शैक्षिक अवसरमा पहुँच विस्तार गर्ने आफूहरुको साझा प्रतिवद्धतालाई पुनः स्मरण गरिएको थियो ।

सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्म अवधिमा आइइएलटिएस दर्तामा उदाहरणीय कार्य गरेको साझेदारलाई सम्मान समेत गरिएको थियो ।

साझेदारसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गर्दै ब्रिटिस काउन्सिल नेपालको परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक (कन्ट्री एक्जाम्स डाइरेक्टर) प्रतिष्ठा थापा रायमाझीले भनिन्, ‘हाम्रा साझेदारहरुले हजारौं युवालाई अन्तर्राष्ट्रिय शिक्षा, करियर र विश्वव्यापी अवसरसँग जोडेर उनीहरूको भविष्य निर्माणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साझेदारहरुको प्रतिवद्धता र मार्गदर्शनले विद्यार्थीलाई आफ्ना लक्ष्यहरू हासिल गर्न आत्मविश्वाससहित अघि बढ्न सहयोग गरेको छ । त्यसैले हामी उनीहरूको अमूल्य योगदानको सम्मान गर्दै सेवा सुरु गर्न पाउँदा उत्साहित छौं ।’

ब्रिटिस काउन्सिल नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले भने, ‘हाम्रा साझेदारहरूले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुका साथै विश्वव्यापी मञ्चमा सहभागी हुने नेपालको आकांक्षालाई सहयोग गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। आईएलटीएस अन कम्प्युटरको सेवा शुरुवात्सँगै हामी अन्तर्राष्ट्रिय अंग्रेजी भाषा मूल्याब्कनलाई थप सहज, पहुँचयोग्य र भविष्यका लागि अझ प्रभावकारी बनाउँदैछौं ।’

सन् २०२५ देखि ब्रिटिस काउन्सिलले नेपालमा आइइएलटिसको परीक्षा सञ्चालन हुने विभिन्न स्थानमा साझेदार संस्था छनोटका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षेत्रीय तहका ती कार्यक्रममा उत्कृष्ट कार्य गर्ने साझेदारहरुलाई सहभागी गराउने गरिन्छ । निम्न लिखित साझेदारहरुले आफ्नो सम्वन्धित क्षेत्रमा गरेको योगदानका लागि प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

Logo