केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ मंसिर ।
नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो. मुँआ थाई वारियर कप च्याम्पियन भएका छन् ।
अमेरिकाको फिलाडेल्फियामा भएको प्रो. मुँआ थाई फाइटको फाइनलमा विवेकले अमेरिकाका जोसेफ विलियम्स लगनलाई नकआउट गर्दै वारियर कपको टाइटल बेल्ट उचालेको टिम कोच मुक्तिसंग्राम विष्टले बताए ।
विलियम्सले १४ प्रोफेसनल फाइट खेलिसकेका छन् ।
युएस मार्सल आर्ट एसोसिएसनको आयोजनामा भएको प्रो. फाइट ३ राउन्डसम्म चलेको टिम प्रशिक्षक विष्टले बताए । प्रोफेसनल फाइट च्याम्पियन समेत रहेका मुक्ति टिम प्रशिक्षक, प्रशिक्षकमा थाई नागरिक तानाचोन र टिम व्यवस्थापकमा ब्रुक सी मिलर छन् ।
उक्त प्रतियोगितामा अन्य थप ४ विधामा पनि प्रो. फाइट भएको बताइएको छ ।































प्रतिक्रिया