काठमाडौं,१९,मंशिर
२१ मंसिरमा हुने दोस्रो चरण निर्वाचन मतदान सकिएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचन प्रणाली बमोजिमको मतगणना एकसाथ प्रारम्भ गरिने भएको छ । "/>

संघ र प्रदेशको मतगणना एकैसाथ गरिने

संघ र प्रदेशको मतगणना एकैसाथ गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,मंशिर
२१ मंसिरमा हुने दोस्रो चरण निर्वाचन मतदान सकिएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचन प्रणाली बमोजिमको मतगणना एकसाथ प्रारम्भ गरिने भएको छ । निर्वाचन अधिकृतले मतदान सकिएको दिन बेलुकी ५ बजेपछि कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य सुरु गर्नु पर्ने ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७४’ मा उल्लेख छ ।

तर स्थान अभावमा एकै समयमा सबै निर्वाचनको मतगणना गर्न नसकिने भएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतगणना एकैपटक गरी सो गणना समाप्त भएपछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको मतगणना गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकैपटक गर्दा अलग अलग कोठामा गर्नु पर्नेछ । एउटै कोठामा गर्नु परेमा मतपत्र नमिसिने गरी गर्नु पर्नेछ । स्थान अभाव वा कुनै कारणवश प्रतिनिधसभा सदस्य र प्रदेशसभाको पनि एकसाथ मतगणना गर्न नसकिने अवस्था आएमा पहिले प्रतिनिधिसभा सदस्य र त्यसपछि प्रदेशसभा सदस्यको मतगणना गरिनेछ ।
राजधानीबाट

Skip This
Skip This
Logo