काठमाडौं,१९,मंशिर
प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचन अन्तर्गत सोमबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । "/>

गए मध्यरातबाट मौन अवधि शुरु

गए मध्यरातबाट मौन अवधि शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,मंशिर
प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचन अन्तर्गत सोमबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभइन्जेल (२१ मंसिर साँझ ५ बजे) सम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार र मत माग्ने कार्य बन्द गर्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका उम्मेदवार, दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यम कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइँदैन । मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टा देखि मौन अवधि सुरु हुने निर्वाचन आचारसंहिता (तेस्रो संशोधन २०७४) २०७२ मा उल्लेख छ । आयोगले मौन अवधिभर निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ ।

२१ मंसिरमा दोस्रो चरण निर्वाचन अन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। पहिलो चरणको निर्वाचन भने गत १० मंसिरमा ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा भइसकेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo