‘सिजी ब्रिजर २२ एयर कुलर’ विजेता बने नुवाकोटका श्याम रिजाल

‘सिजी ब्रिजर २२ एयर कुलर’ विजेता बने नुवाकोटका श्याम रिजाल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको ‘क्यान यु सल्भ द पजल’ नामक विशेष कन्टेस्टको विजेता घोषणा गरेको छ।

ग्राहकहरूसँगको अन्तर्क्रियालाई अझ प्रगाढ बनाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ब्रान्डले यो कन्टेस्ट सञ्चालन गरेको सीजीले जनाएको छ । प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजेता बनेका छन् । रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले आकर्षक उपहार स्वरूप ‘सिजी ब्रिजर २२ एयर कुलर’ हस्तान्तरण गरे ।

“एक्सपिरियन्स लाइफ विथ सिजी” को मूल नारालाई आत्मसात गर्दै, आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै जोडिन र खुसी साट्न यस्तै रोमाञ्चक र आकर्षक प्रतियोगिता ल्याइरहने सीजीको प्रतिबद्धता छ ।

सिजीका उत्कृष्ट उपकरणहरू देशभर रहेका २१ वटा आधुनिक ‘सिजी डिजिटल’ शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np, www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Logo