रौतहट ,१९,मंशिर
हाँस्य कलाकार धुर्मुस सुन्तली (सिताराम कटेल र कुञ्जना घिमिरे) आजभोलि सामाजिक सेवामा व्यस्त रहेका छन् । "/>

यस्तो बन्यो सन्तपुरः निर्माण कार्य जारी

यस्तो बन्यो सन्तपुरः निर्माण कार्य जारी

केन्द्रबिन्दु
0
Shares

रौतहट ,१९,मंशिर
हाँस्य कलाकार धुर्मुस सुन्तली (सिताराम कटेल र कुञ्जना घिमिरे) आजभोलि सामाजिक सेवामा व्यस्त रहेका छन् । उनिहरुले घरबारविहीनहरुका लागि घर उपलब्ध गराई दिएका छन् । यस अघि पनि ३ वटा नमुना वस्ती बनाईसकेका उनीहरु अहिले चौथो वस्ती निर्माणको क्रममा छन् । उनीहरु अहिले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गरिरहेका छन्।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरि १ शौचालय, धारा र बगैंचा समेत निर्माण गरिंदैछ । बस्ती भित्र ४७ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, बिध्यालय, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधा सम्पन्न बस्ती निर्माण हुँदैछ । धुर्मुस सुन्तली ति बस्ती चाँडो भन्दा चाँडो सम्पन्न गरि हस्तान्तरणका लागि लागिरहेका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo