काठमाडाैं । माहेश्वरी महिला मञ्चको आयोजनामा असार १५ गते विराटनगरमा सामूहिक विवाह हुने भएको छ । सामूहिक विवाह कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री भिम पराजुलीको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।
सामूहिक विवाह कार्यक्रम विराटनगरस्थित अतिथि सदनको राधा मण्डपमा बिहान सवा ११ बजे हुने मञ्चका अध्यक्ष ललिता जाजुले जानकारी दिइन् । अति विपन्न परिवारबाट छानिएको ११ जोडीलाई अभिभावक र जनप्रतिनिधिको समन्वयमा विवाह गर्ने निणर्य भएको मञ्चकी अध्यक्ष जाजुले जानकारी दिइन् ।
मञ्चले दोस्रो पटक सामूहिक विवाहको कार्यक्रम आयोजना गर्न लागेको हो । सामूहिक विवाहको संयोजक शीतल बाहेती हुन् भने सहसंयोजिक अर्चना तापड़िया हुन् । सामूहिक विवाहले धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरुको भनाई छ ।





























प्रतिक्रिया