काठमाडौं,१९,मंशिर
निर्वाचनका कारण अहिले दैनिक पाँच करोड सम्म फूलको कारोबार हुने गरेको छ। अन्य समयमा दैनिक दुई करोड रुपैयाँको फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कारोबार हुने फूल मध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ।
अन्य समयमा दैनिक प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन। अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनु पर्ने बाध्यता छ। घरदैलो, चुनावीसभामा नेताकार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ। अघिल्ला वर्षमा एक अर्ब ७१ करोडको वार्षिक कारोबार हुने गरेकामा चालु आवमा भने फूलको माग बढेकाले दुई अर्ब नाग्ने भएको छ । वार्षिकरुपमा सबैभन्दा बढी सयपत्री फूलको १० करोडको कारोबार हुने गरेको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया