काठमाडौं,१९,मंशिर
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गरेका छन्। "/>

घाइते गगनले भने -हिंसात्मक घटनाबाट आतंकित नहुनुस्

घाइते गगनले भने -हिंसात्मक घटनाबाट आतंकित नहुनुस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,मंशिर
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गरेका छन्। सोमबार बिहान घरदैलोका क्रममा आफूलाई लक्षित गरी भएको विस्फोटमा घाइते भइ शिक्षण अस्पतालमा उपचार गराइरहेका थापाले मतदातालाई आतंकित नभइ मतदानमा सहभागी हुन अपिल गरेका छन्। म माथि योजनाबद्ध तरिकाले आक्रमण भएको देखिन्छ। घरदैलोको क्रममा भौतिक आक्रमण भयो, थापाले भने, हिंसात्मक घटनाबाट मतदाताहरू आतंकित नहुनुस्, मतदानमा सहभागी हुनुस्।
थापाको घरदैलो कार्यक्रममा सोमबार बिहान बम विस्फोट भएको हो। प्रचारका क्रममा चपली हाइट पुगेका गगन सहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको हो।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo