हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली (भिडियो सहित)

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले हुँदै नभएको ‘बहुराष्ट्र’ लाई चुनावी नारा बनाएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले संविधान संशोधन गर्ने र बहुराष्ट्रको माग सम्बोधन गर्ने प्रतिवद्धता पूरा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति पनि दिनु भयो । सोमबार काठमाडौंको कपनमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई खण्डित गर्न खोज्नेहरुलाई जनताले निर्वाचनमार्फत् पराजित गर्ने दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले मधेश केन्द्रित दलहरुप्रति लक्षित गर्दै हामी नेपाली, हाम्रो नेपाल भन्न लाज मान्नेहरुलाई जनताले निर्वाचनमा पराजित गरिदिने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले जातीयताका आधारमा ‘बहुराष्ट्र’ भन्नेहरुलाई साथ दिएर काँग्रेसले मुलुकलाई टुक्रयाउन खोजिरहेको आरोप पनि लगाउनु भयो । उहाँले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन नदिने अडान पनि दोहो¥याउनु भयो ।

मौन अवधि अगाडीको अन्तिम आमसभामा ओली

Logo