काठमाडौँ, १८, मंसिर
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । "/>

दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पूरा

दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १८, मंसिर
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मत दिँदैछन् । सातवटै प्रदेशमा हुन लागेको चुनावका लागि तयारी पूरा भई मतदान केन्द्र बनाउन कर्मचारी मतदान केन्द्र पुगिसकेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
‘शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी चुनाव गर्दैछौं,’ प्रमुख आयुक्त यादवले भने, ‘मतदाता सुरक्षित छन्, मतदान स्थल सुरक्षित छन् । ढुक्क भएर मतदानको वातावरण बनेको छ ।’ दोस्रो चरणको चुनाव सकिएपछि २१ गते बेलुकी ५ बजेपछि पहिलो चरणको चुनावको मतगणनाको काम सुरु हुने यादवले बताए । चुनाव प्रचारप्रसारका लागि दल र उम्मेदवारलाई सोमबार अन्तिम दिन हुनेछ । सोमबार राति १२ बजे देखि मौन अवधि सुरु हुनेछ । निर्वाचनमा ५२ वटा संस्थाका ४५ हजार राष्ट्रिय पर्यवेक्षकलाई चुनावको पर्यवेक्षण गर्ने अनुमति आयोगले दिइसकेको छ । ४ सय जना अन्तर्राष्ट्रिय पर्यवेक्षकले पर्यवेक्षणको अनुमति लिइसकेका छन् ।

नागरिकबाट

Skip This
Skip This
Logo