विराटनगर , १८, मंसिर
एमाले अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीको धपेडी निकै बढेको छ । आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम भन्दा ओली आफ्ना पार्टी र वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्न बढी व्यस्त छन् । आफ्नो क्षेत्रको केही कार्यक्रममा सहभागिता जनाई ओली आइतबार मोरङ क्षेत्र नम्बर ४ मा वाम गठन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीलाई भोट माग्न आयोजित सभामा सहभागी भए । उनले भने ‘हामी कसैको विरुद्धमा नभई आफ्नै चुनावी अभियानमा सक्रिय भएका हौं । वाम गठबन्धनले देशभर विजयको झन्डा फहराउँछ ।’ विराटनगरको चुनावी सभा सकेर उनी चितवन हिँडे ।
प्रतिनिधिसभा सदस्यतर्फ मकवानपुरबाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापा पूर्वी क्षेत्रको चुनावी अभियानमा सक्रिय भए । मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार डा. शेखर कोइरालालाई पार्टीले समर्थन गरेका कारण भोट माग्न थापा पनि खटिए । विराटनगरमा भएको संयुक्त सभामा उनले कांग्रेस उम्मेदवारका लागि भोट मागे । उनले भने, ‘अरू तिर जे भए पनि यहाँ हामीले मोरङमा कांग्रेसलाई सघाउँदै छौं ।’
लोकतान्त्रिक फोरमबाट कांग्रेसमा फर्किई सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजयकुमार गच्छदार आफूलाई मात्र नभई कांग्रेसका अन्य उम्मेदवारका लागि पनि भोट माग्न व्यस्त छन् । सुनसरी र मोरङका थारू बहुल क्षेत्रमा गच्छदारको धपेडी आफूलाई मात्र होइन, पार्टीकै उम्मेदवारलाई भोट माग्न केन्द्रित छ । मोरङ क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार महेश आचार्यलाई भोट मागिदिन उनी त्यता तिरको चुनावी सभामा सहभागी बने । उनले भने डा. शेखर कोइरालाका लागि बुढीगंगाको कोयलपुरमा आयोजित चुनावी सभामा पुगे । भने, ‘आफ्ना लागि मात्र नभई पार्टीकै उम्मेदवारका लागि पनि खटिएको छु ।’ पार्टीका सबै उम्मेदवारलाई जिताउन नै अन्य क्षेत्रका कार्यक्रममा पनि सहभागी हुने गरेको उनले बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया