सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आज सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालयमार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराएका थिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिएका थिए । त्यसपछि उनले सुन्धारास्थित दूरसञ्चार कार्यालयको निरीक्षण गरी सेवा लिन आएका सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरेका थिए ।

नयाँ सिम कार्ड लिने, बिल भुक्तानी, ई–सिम सेवा, टेलिफोन तथा इन्टरनेट सेवासम्बन्धी अनुभवका बारेमा सेवाग्राहीसँग जानकारी लिएका थिए । सेवाग्राहीहरूले कार्यालयमा सेवा लिन लामो समय लाइनमा बस्न नपरेको तथा अपेक्षाकृत छिटो सेवा प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

निरीक्षणपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाग्राहीलाई थप सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिए । उनले ग्राहकका व्यक्तिगत विवरण सुरक्षित रूपमा डाटाबेसमा राख्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा एकपटक विवरण अद्यावधिक गरिसकेपछि पुनः सेवा लिन जाँदा बारम्बार उही कागजात पेश गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिए ।

Logo