बोस्टन । एक अर्को विश्वकप। एक अर्को चाँडै बाहिरिएको कटु सत्य। अहिले त जर्मनीलाई निराश हुने पनि बानी परिसकेको हुनुपर्छ। तर यसमा पक्कै पीडा हुनुपर्छ। आखिरमा पाँचौंपल्ट विश्वकप जित्ने झुटो वाचा गरेको जर्मनीले अहिले आफ्नो पुरानो प्रतिष्ठासमेत फर्काउन सकेको छैन। विश्वास नहुन सक्छ, जर्मनीले सन् २०१४ मा विश्वकप जितेयता अहिले नै हो, पहिलो पटक लिग चरण काटेको।
तर सोमबारको खेलमा पाराग्वेसँग टाइब्रेकरमा पराजित भएपछि जर्मनी नकआउट चरणको पहिलो खुड्किलोपछि नै घर फर्कने भएको छ। फक्सबोरोमा पत्रकारसँगको कुराकानीमा जर्मनीका जोसुआ किमिचले भने, ‘हामीले केही राम्रो गर्न सकेनौं।’
सन् २०२२ मा कतारमा भएको विश्वकपका बेला पनि समूह चरणबाटै जर्मनी बाहिरिएपछि यसका कप्तानले हारको कारण नै यही हो भनेर विश्लेषण गर्न सकेनन्। ३१ वर्षीय किमिच भन्छन्, ‘जति बेला हामी सानो थियौं, हामीले जर्मन टिमको खेल हेर्दा कि त त्यो सेमिफाइनल हुन्थ्यो कि फाइनल। अझ च्याम्पियन नै हुन्थ्यो। जर्मन टिम लगातार सफल थियो। हामी यही हेरेर हुर्केका थियौं।’ त्यसैले उनले टिमको अहिलेको प्रदर्शनलाई लिएर माफी पनि मागेका छन्।
प्रशिक्षक जुलियन नागेल्समन पनि चर्को आलोचनाबाट गुज्रिरहेका छन्। संन्यास लिइसकेका भेट्रान गोलरक्षक म्यानुयल नोयालाई फेरि मैदानमा फर्काउन मनाउने यिनै प्रशिक्षक थिए। त्यसबीच नोयाले फेरि जर्मन टिमका लागि खेल्ने अनुरोध स्वीकारेका थिएनन्। तर अहिले ४० वर्षीय खेलाडीले आफू जर्मन टिममा रहनुको औचित्य साबित गर्न सकेनन्। समूह चरणमा इक्वडेरले गरेको निर्णायक विजयी गोल पनि उनकै भुलमा सम्भव भएको थियो।
नोयाले खेलेपछि होफेनहेनका गोलरक्षक ओलिभर बौमनले मौका नै पाएनन्। तर नोया भन्छन्, ‘मैले सक्दो खेलेको भने हुँ।’ केही दबाबमा आएपछि नागेल्समनले पाराग्वेविरुद्ध डेनिज उनडभलाई सुरुदेखि खेलाए। तर यी कुर्दिस मूलका खेलाडी सुरुआती दुई खेलमा गरेको तीन गोल र थप दुई गोलमा गरेको सहयोगी भूमिकालाई बढाउन सकेनन्।
नागेल्समनको किन पनि आचोलना गरिएको छ भने फरवार्ड निक वोल्टमेडलाई पनि मौका दिएनन्। उनलाई पाराग्वेविरुद्ध अतिरिक्त समयमा मैदानमा प्रवेश त गराइएको थियो, तर त्यतिबेला पर्याप्त समय नै बाँकी थिएन। जर्मनीका लागि टाइब्रेकरमा तीन खेलाडी पेनाल्टीमा चुकेका थिए। त्यसमा एक यिनै वोल्टमेड पनि थिए।
प्रतियोगिताअगाडि नागेल्समनको दाबी थियो, जर्मनीको उद्देश्य विश्वकप उपाधि जित्नु नै हो। तर यो दाबी झुटो वाचाभन्दा बढी केही रहेन। त्यत्रो विश्वकप जित्ने दाबीलाई न्याय गर्ने खालको प्रदर्शन नै जर्मन टिमबाट भएन। यसपल्टको विश्वकपमा जर्मनीले चार खेल खेलेकामा दुई जित मात्र निस्केको थियो, त्यो पनि डेब्यु गरिरहेको कुरासाओ र आइभोरी कोस्टविरुद्ध। इक्वडेर र पाराग्वेविरुद्ध पनि जर्मनी पराजित रह्यो।
जर्मनीलाई हराएपछि पाराग्वेमा खुसीको लहर देखिएको थियो। विश्व फुटबलकै यो एक स्तब्धपूर्ण नतिजा मानिएको छ। खेल सुरु हुन अगाडि जर्मन समर्थकलाई पाराग्वेका एकै जना खेलाडीबारे पनि ढंगको जानकारी थिएन। अझ जर्मनीको एक नजर अन्तिम १६ मा थियो, जहाँ उसको सम्भावित भेट फ्रान्ससँग हुन सक्थ्यो नभए स्विडेन।
नोयाले पछि भने, ‘पाराग्वे जत्तिको टिमलाई हामीले हराउनुपर्थ्यो। हाम्रो तुलनामा त खासमा फ्रान्स जस्तो टिमसँग हुनुपर्थ्यो।’ नागेल्समनले अझै पनि आफू जर्मन टिमको प्रशिक्षकमै कायम हुने बताइरहेका छन्। मिडियासामु उनलाई अनेक आलोचनात्मक प्रश्न पनि गरिए। यसक्रममा जर्मन टिमका निर्देशक रुडी भोलरले भने, ‘सायद अझै पनि जर्मन टिमका लागि उनी नै ठीक छन्।’
जर्मन चान्सलर फ्रेडरिच मर्जले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्या गजब खेल रह्यो। जर्मन टिमको खेलले सबै उत्साही भएका छन्। खेलाडीको समर्पण र टिम भावना प्रशंसायोग्य रह्यो। जर्मन टिमको प्रदर्शनमा गर्व छ।’































