आज २६ जिल्लामा बाढीको जोखिम

आज २६ जिल्लामा बाढीको जोखिम

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आज (बुधबार) काठमाडौंसहित २६ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढी महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार काठमाडौँ भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङमा बाढी आउने सम्भावना छ।

यसैगरी झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी-पश्चिम, रुपन्देही, कपिलवस्तुमा पनि आज बाढी जोखिम देखिएको छ।

यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको पनि आज बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

देशभर मनसुनी वायु: आज यी प्रदेशमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको छ ।

बाढीबारे विस्तृत जानकारी तल

Logo