घरको पर्खाल भत्केर पाँच जना पुरिए

घरको पर्खाल भत्केर पाँच जना पुरिए

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, १६ मङ्सिर । बन्दै गरेको पर्खाल भत्केर पाँच जना मजदूर पुरिएका छन् ।

बुटवल उपमहानगरपालिका –११, मितेरी पथमा घरको पर्खाल लगाइरहँदा एक्कासी पर्खाल भत्केर उनीहरु पुरिएको हो । अहिले स्थानीय उद्धार काममा जुटिरहेका छन्  । उनीहरुले तत्काल दुई जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल लागेका छन् ।

उद्धार कार्यमा डोजर समेत प्रयोग गरिएको छ ।

Skip This
Skip This
Logo