काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक (नेपाल वायुसेवा निगम)को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताएका छन् ।
नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार भएर लाग्नुपर्ने बताएका हुन् । निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतीकवान र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले ध्यान दिने र अनियमितता गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे ।
मन्त्री पौडेलले निगमको प्रगतिका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले निगमका सम्पूर्ण कर्मचारीलाई कुशलतापूर्वक र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए ।






























