याङ्गो राइडद्वारा ट्राफिक प्रहरीको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो साथै २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे नेपाल ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको थियो।

याङ्गो राइड नेपाल का कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने, ‘याङ्गोको उद्देश्य चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु हो। स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सजिलो आम्दानीको अवसर प्रदान गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई पनि सहयोग पु¥याइरहेको छ।’

उनले थपे, ‘याङ्गोको लागि सुरक्षा पहिलो प्राथमिकता हो। नेपाल ट्राफिक प्रहरीसँग मिलेर चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा हामी खुशी छौं। आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।’

Logo