उदयपुर,१६,मंशिर
उदयपुरका सिडिओ चन्द्रमान श्रेष्ठ कारबाहीमा परेका छन् । चुनावमा शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै गृहले उनलाई त्यहाँबाट हटाएको छ । बुधबार भएको बिष्फोटमा कांग्रेसका उम्मेदवार नारायण कार्की गम्भीर घाइते भएपछि जिल्लामा सिडिओ र एसपीको आलोचना भएको थियो । सिडिओको सरुवा भएको छ भने एसपीलाई भने हटाइएको छैन । उदयपुरमा प्रदीप कंडेललाई गृहले सिडिओ बनाएर पठाएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया