विष्णु पौडेलमाथि पुनः ६ दिनको म्याद थप

विष्णु पौडेलमाथि पुनः ६ दिनको म्याद थप

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई पुनः ६ दिनको म्याद थपिएको छ ।

बिहीबार विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले तेस्रोपटक पौडेललाई ६ दिनको म्याद थप गरेको हो । पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।

पौडेलकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको थियो ।

Skip This
Skip This
Logo