जनकपुर,१६,मंशिर
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेशी जनताको राजनीतिक अधिकार र विकासका लागि काँग्रेसको विकल्प नभएको बताएका छन् । जनकपुरको मिल्स एरिया स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका निधिले विगतमा आफूले गरेको कामको मूल्यांकन गरेर जनता आफ्नो पक्षमा रहेको उल्लेख गर्दै आफू यस क्षेत्रबाट अत्यधिक मतले विजयी हुने विश्वास व्यक्त गरे् ।
उनले भने, “जनताले आफूलाई जिताएर पठाउँदा गाउँगाउँ र जनकपुरको गल्ली गल्लीमा सडक बनाएको, राजर्षि जनक विश्वविद्यालय बन्ने वातावरण बनाएको र अहिले जटही देखि ढल्केवर सम्मको ६ लेन सडक निर्माण जस्ता उल्लेखनीय विकास निर्माणका काम गरेको हुँदा यस क्षेत्रका जनताले भारी मत अन्तरले मलाई विजयी गराउने छन् ।” राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग तपाईँको प्रतिस्पर्धा छ कि छैन भनेर पत्रकारले राखेको जिज्ञाशामा नेता निधिले उहाँ (महतो) ‘हावामा उड्ने’ नेता भएको टिप्पणी गरे ।
रासस































प्रतिक्रिया