दाङ,१६,मंशिर

मंसिर २१ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षामा अति सम्वेदनशिल मानिएका नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ। "/>

निर्वाचनका लागि नेपाल भारत सीमामा उच्च सुरक्षा

निर्वाचनका लागि नेपाल भारत सीमामा उच्च सुरक्षा

केन्द्रबिन्दु
0
Shares

दाङ,१६,मंशिर

मंसिर २१ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षामा अति सम्वेदनशिल मानिएका नेपाल भारत सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ।

नेपालको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षामा खटिएका भारतीय सीमा बलले संयुक्त रुपमा नाका क्षेत्रको सुरक्षा ब्यवस्था कडाई गरेका हुन् । नाका क्षेत्रमा हतियार ओसारपसार हुन सक्ने तथा निर्वाचन बिरोधी शक्तिहरुको घुसपैठ हुन सक्ने खतरा रोक्न सशस्त्र प्रहरीले हरेक नाका क्षेत्रहरुमा निगरानी बढाउनुका साथै विशेष ‘अप्रेशन’ थालेको छ । दाङमा नेपाल भारत सीमा जोडिएका ३१ नाका छन् । ‘नेपाल भारत सीमा नाकाहरु निर्वाचन सुरक्षाका लागि निकै सम्वेदनशिल मानिन्छन्,’ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले भने ‘नाका क्षेत्रहरुबाट निर्वाचन विरोधी गतिविधी नहोस् भनेर हामीहरुले विशेष सुरक्षा रणनीति अपनाईरहेका छौँ।’
नागरिकबाट

Skip This
Skip This
Logo