नेपालगन्ज, १६,मंशिर
विवेकशील साझा पार्टीकी नेत्रृ रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् । उक्त पार्टीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भनिन्, “अब हाम्रो पार्टीलाई विश्वास गर्नुस्, हामी टायर बालेर होइन फूल रोपेर राजनीतिमा सुगन्ध झार्न चाहन्छौँ ।” “राजनीतिमा ‘फेल’ भएका नेतालाई जनताले पटकपटक सत्तामा पु¥याएर फेल भएकाले मुलुकलाई ‘पास’ गर्न सक्दैन, तसर्थ यो निर्वाचनमा मतदाताले नयाँ चित्र र चरित्रलाई जिताउनु पर्छ”–नेत्री रञ्जनाको भनाई थियो । “लोकतन्त्र ल्याउने पार्टी र त्यसका नेताले राजनीतिमा लुटतन्त्र पनि भित्र¥याए फलस्वरुप मुलुकमा विकास भएन, अराजकता बढ्यो, दिन प्रतिदिन हामी पछौटेपनमा बाँच्न बाध्य भयौँ ।” विवेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नं को २ (ख) का उम्मेदवार डा. विनोद कर्ण, क्षेत्र नं १ को (क) का उम्मेदवार दयाराम थारु र (ख) का उम्मेदवार ज्योति परियारले आपmूहरुले चुनाव जितेमा राजनीतिक क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्ने विश्वास दिलाएका थिए ।
रासस































प्रतिक्रिया