काठमाडौं,१६,मंशिर
ललितपुर स्थित कुपन्डोलको यूएन पार्क नजिकै शुक्रबार बेलुकि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ । चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरीले अनुमान गरेको छ । यद्यपी विस्फोटबाट कुनै मानवीय क्षति नभएको ललितपुर प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिए। कुपण्डोलमा विस्फोट भएको भनिए पनि के भन्ने नखुलेको प्रहरी नायव उपरिक्षक चन्दले जानकारी दिए। विस्फोट फोहोरको थुप्रोमा गराइएकोले अवशेष समेत भेटिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ ।
केहि दिन अघि वाम गठबन्धनले लगनखेलमा आयोजना गरेको चुनावीसभा नजिक बम विस्फोट गराइएको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बिस्फोट गराउँदा लगनखेलमा रहेको विद्यालयको झ्यालका सिसा फुटेको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफुहरुले कहिं कतै बम नराखेको बताएको छ । जनताले चुनाब खारेज अभियान चलाएकाले बिरोध गरेको हुन सक्ने विप्लबका एक नेताले नाम नभन्ने सर्तमा बताए । यसैगरी बुढानिलकण्ठ, सतुङ्गल र गुर्जुधारामा समेत बम पड्कीएको बताइएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया