क्यानडाको आशा अल्फोन्सो डेभिस

क्यानडाको आशा अल्फोन्सो डेभिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । क्यानडाले शनिबार मोरक्कोविरुद्ध हुने अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्दा अल्फोन्सो डेभिस प्लेयिङ ११ मा फर्किन सक्ने छन्।

चोटका कारण उनी समूह चरणको पहिलो खेलमा टोलीमै थिएनन् भने दोस्रो र तेस्रो खेलमा बेञ्चमा थिए। दक्षिण अफ्रिकाविरुद्ध अन्तिम ३२ को खेलमा उनी बेञ्चबाट आएर खेलेका थिए।

गत महिना च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखबाट पेरिस सेन्ट जर्मेनविरुद्ध खेल्दा उनलाई ह्यामस्ट्रिङ भएको थियो। अक्टोबरमा एसीएलमा चोट बोकेपछि उनी ८ महिना लगाएर मैदानबाहिर फर्किएलगत्तै उनले अर्को चोट बोकेका थिए।

उनी मुख्यतः लेफ्ट फुलब्याकको पोजिसनमा खेल्छन्। तर तीव्र गति, ड्रिब्लिङ, क्रसिङ क्षमता, उनीसँग विङब्याक, लेफ्ट मिडफिल्डमा पनि खेल्छन् र सुन्दर क्रसहरू निकाल्ने गर्छन्।

त्यसैले उनी क्यानडाको ठूलो आशा थिए, जसका कारण टोलीका अमेरिकन प्रशिक्षक जेसी मार्सले घाइते अवस्थामा पनि २५ वर्षे डेभिसलाई विश्वकप खेल्ने टोलीमा राखेका थिए।

उनले २०१९ मा क्यानडाको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए, त्यसयता ५९ खेल खेल्दै १५ गोल गरेका छन्। डेभिसले यसअघि २०२२ को विश्वकप पनि खेलेका थिए, त्यसमा क्रोएसियाविरुद्धको खेलमा गोल गरे, जुन क्यानडाको विश्वकप इतिहासमा पहिलो गोल पनि हो।

Logo