काठमाडौं । फिफा विश्वकप २०२६ सुरुआत हुनुभन्दा अगाडी केप भर्डेलाई कसैले पनि उत्कृष्ट टिम भनेका थिएनन् । अझ शनिबार बिहान भएको लियोनेल मेसीको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र विश्वकपमा पहिलो पटक सहभागी केप भर्डेबीचको प्रतिस्पर्धालाई इतिहासकै सबैभन्दा असमान भिडन्तको रूपमा हेरिएको थियो ।
तर विश्व फुटबलका दिग्गज अर्जेन्टिना र सानो टापु राष्ट्र केप भार्डेबीचको यो खेलले फुटबलमा नयाँ सम्भावनाको नयाँ कथा लेखेको छ। केप भार्डे हार्यो तर अर्जेन्टिना जस्तो महारथीलाई जित्न सुसाइड गोलको मद्दत लिनु पर्यो । यदी अतिरिक्त समयको १११औँ मिनेटमा सुसाइड गोल नभएको भए खेलको नतिजा फरक पर्न सक्ने फटबल विश्लेषकहरुको भनाई छ ।
केप भार्डेले कठिन यात्रा पार गर्दै नकआउट चरणमा स्थान बनाएको थियो भने अर्जेन्टिना विश्वकपको वर्तमान च्याम्पियन हो। लियोनेल मेसीविरूद्ध भोजिन्हा । विश्वकपमा यो यस्तो प्रतिस्पर्धा हो, जसको बारेमा कसैले चाहेका थिएनन् । तर यही प्रतिस्पर्धालाई केप भार्डेको बहादुरी र अर्जेन्टिनाको संघर्षपूर्ण जितको इतिहास बन्न पुग्यो ।
युरोपियन च्याम्पियन स्पेनविरुद्ध खेल्दा केप भार्डेका लागि शुभेच्छा राख्ने सायदै कोही थिए । त्यही स्पेनलाई गोलरहित बराबरीमा रोकेर केप भार्डेले विश्व फुटबललाई नै आश्चार्यमा पारेको थियो । विश्वकप इतिहासमै यसलाई आश्चार्य नतिजाहरूमा लिइन्छ, जुन खेल केप भार्डेले जितेको पनि होइन ।
त्यसपछि टोलीले दुई पटकको विश्वकप च्याम्पियन उरुग्वे र साउदी अरेबियामाथि अर्को दुई बराबरीको नतिजा निकाल्दै समूह उपविजेताको रूपमा अन्तिम ३२ मा प्रवेश गरेको थियो । केप भार्डे भने सन् २०१३ मा पहिलो पटक अफ्रिका कप अफ नेसन्सका लागि छनोट भएको थियो ।
केप भर्दे देश कहाँ छ
केप भर्डे पश्चिम अफ्रिकाको तट नजिकै एटलान्टिक महासागरमा अवस्थित एउटा सुन्दर र शान्त टापु राष्ट्र हो। करिब ६ लाख जनसंख्या रहेको र १९७५ मा मात्र पोर्चुगलबाट स्वतन्त्र भएको यस देशका बारेमा अहिले सर्वत्र जिज्ञासा बढेको छ।
काबो भर्डे समुन्द्रबाट उठेका १० ज्वालामुखी टापुहरू र अन्य ५ साना टापुहरू मिलेर बनेको छ। यो अफ्रिका महादेशको मुख्य भूमि सेनेगलको तटबाट लगभग ५७० किलोमिटर पश्चिममा पर्दछ। सान्टियागो टापुमा अवस्थित ‘प्रैया’ शहर यसको राजधानी हो।
पोर्चुगिज भाषालाई सरकारी र औपचारिक काममा प्रयोग गरिन्छ तर स्थानीयस्तरमा क्रेओल भाषा यहॅा बढी बोलिन्छ। यो देश आफ्नो मौलिक संगीतका लागि संसारभर प्रसिद्ध छ। यहाँको “मोर्ना” विधाको संगीत निकै लोकप्रिय छ, जसमा डुकु र विरहका भावनाहरू समेटिएका हुन्छन्। विश्वप्रसिद्ध गायिका सिजेरिया यहॅाकै हुन।
यहाँका सेता बालुवा भएका समुद्र तटहरू सफा निलो पानी र ज्वालामुखी पहाडहरूले गर्दा यो एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ। यहाँ वर्षभरि नै मौसम न्यानो रहन्छ।
अफ्रिकी मुलुकहरूमध्ये केप भर्डे आफ्नो बलियो लोकतन्त्र, राजनीतिक स्थिरता र आर्थिक सुशासनका लागि चिनिन्छ। यहाँ गृहयुद्ध वा ठूला राजनीतिक संकटहरू विरलै भएका छन्। यहाँका अधिकांश बासिन्दाहरू अफ्रिकी र विशेष गरी पोर्चुगिज मूलका मिश्रित वंशज हुन्, जसलाई ‘क्रिओल’ भनिन्छ।
क्रओल छोराहरुले अहिले फुटबलमा चमत्कार गरेर संसारलाई चकित पारेका छन, खेल हारेर पनि राष्टिय स्वाभिमान ठड्यार बिश्वलाई आफ्नो जाती र भूमिको परिचय देखाइदिएका छन।
केप भर्डेको देशको कुल जनसंख्या भन्दा बढी काबो भर्डियन मूलका मानिसहरू विदेशमा विशेष गरी पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकामा बस्छन्। फुटबल टोलीले विदेशमा जन्मिएका वा हुर्किएका तर भर्डियन मूलका प्रतिभाशाली खेलाडीहरूलाई समेटेर आफ्नो टोलीलाई निकै बलियो बनाएको छ।
नागरिक बिदेसिए भनेर किन चिन्तित हुने बरु ति जहॅा छरिएपनि मातृभूमिले समेट्ने फराकिलो छाती बनाए राष्टिय क्षमता झन झन दरिलो बन्दै जाने रहेछ !!






























