कोलम्बिया अन्तिम १६ पुग्ने अन्तिम टिम

कोलम्बिया अन्तिम १६ पुग्ने अन्तिम टिम

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । कोलम्बियाले विश्वकप २०२६ मा शनिबार घानाको चुनौती १–० ले पराजित गर्दै अन्तिम १६ को चरणमा प्रवेश गरेको छ । यस खेलसँग अन्तिम ३२ का सबै खेल सकिएका छन् र कोलम्बिया अर्को चरण पुग्ने अन्तिम टिम रह्यो ।

कानसास सिटीमा भएको खेलमा कोलम्बियाका लागि एक माक्र गोल जोन एरिसले १४ औं मिनेटमा गरे । लुइस स्वारेजले निकालेको त्रसलाई अनमार्क रहेका एरिसले सजिलै गोल गरेका हुन् ।

खेलमाथि कोलम्बियाको प्रभुत्व रह्यो र दक्षिण अमेरिकी टिम जितको हकदार रह्यो । यो जितपछि अन्तिम १६ मा स्विटजरल्यान्डले कोलम्बियाका रूपमा प्रतिद्वन्द्वी पाएको छ । हारपछि घाना अब आफ्नो देश फर्किनेछ ।

Logo