ताप्लेजुङ,१५, मंशिर
ताप्लेजुङको ११४ मतदान केन्द्रको ३४२ वटा मत पेटिका मुख्य निर्वाचन कार्यालयको ४ वटा कोठामा राखि सिलबन्दि गरीएको छ । "/>

मतपेटिका थन्क्याएपछि फुर्सदिला ताप्लेजुङका उम्मेदवार अन्य जिल्ला तिर

मतपेटिका थन्क्याएपछि फुर्सदिला ताप्लेजुङका उम्मेदवार अन्य जिल्ला तिर

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ,१५, मंशिर
ताप्लेजुङको ११४ मतदान केन्द्रको ३४२ वटा मत पेटिका मुख्य निर्वाचन कार्यालयको ४ वटा कोठामा राखि सिलबन्दि गरीएको छ । मत पेटिकाको सुरक्षाका लागि सुरक्षाकर्मि र केहि राजनितिक दलले आफ्ना प्रतिनिधिलाई खटाएपछि जिल्लाका अधिकाँस उम्मेदवार र नेता कार्यकर्ता फुर्सदिला बनेका छन् । पार्टी कार्यालय नजिकै खोलिएका चिया पसलमा निर्वाचन अघि सम्म भिड लाग्ने गरेकोमा अहिले ती चिया पसल पनि सुनसान देखिन्छन् । नेता कार्यकर्ता भेला हुने र गफ गर्ने ठाउँमा अहिले क्यारेमबोड खेल्ने एक दुई जना युवक बाहेक कोहि देखिंदैन ।

जिल्लाका केहि उम्मेदवार दोस्रो चरणमा हुन लागेको निर्वाचन तिर आफ्ना साथि र पार्टीलाई सघाउन निस्किएका छन् भने कोहि आफ्नो दैनिकीमा फर्कन थालेका छन् । गृह जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका हेवि वेट नेता मानिएका एमालेका केन्द्रिय सचिव योगेश भट्टराई आफुलाई जिल्लाबाट राम्रै मत खसेको गणना अघिको विष्लेषण गरेर दोस्रो चरणको चुनाव हुने छिमेकि जिल्ला तेह्रथुम पुगेका छन् । तेह्रथुम पछि धनकुटा सहितका अन्य जिल्लामा हुने एमालेको चुनावि आमसभालाई संबोधन गर्ने उनको कार्यक्रम रहेको भट्टराईले बताए । भट्टराईका प्रतिश्प्रर्धि मानिएका काँग्रेस उम्मेदवार केसव प्रसाद दाहाल भने झापा झरेका छन् । ताप्लेजुङमा चुनाव सकिएपछि आफ्नो भाग्य मतपेटिकामा थुनेका दाहाल झापाको क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाको भाग्य चमकाउने गरीको भाषण गर्न झापा झरेका हुन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo