अफ्रिकी टिमको बढ्दो आत्मविश्वास

अफ्रिकी टिमको बढ्दो आत्मविश्वास

केन्द्रबिन्दु
6
Shares

कान्सास सिटी । अफ्रिकाले नयाँ कीर्तिमानजस्तै बनाएको थियो, विश्वकप २०२६ आफ्ना ९ टिमलाई अन्तिम ३२ को चरणमा पठाएर। तर त्यसमध्ये दुई टिम बाँकी छ अब। अरू सबै बाहिरिए। घाना दोस्रो चरण खेल्ने अन्तिम अफ्रिकी टिम थियो, यो पनि कोलम्बियाको हातबाट १–० ले पराजित भयो। अब चुनौती कायम रहेका दुई टिम मोरक्को र इजिप्ट छन्।

मोरक्कोले त चार वर्षअगाडि कतारमा सेमिफाइनसम्म यात्रा तय गरेर सबैलाई आश्चर्यमा पारेको थियो। यही मोरक्कोसँगै इजिप्टले पनि क्वाटरफाइनल प्रवेशका लागि खेल्दा पूरा अफ्रिकाको आस यिनै दुई टिममा टिक्नेछ। क्यानडाले अन्तिम १६ को खेलमा ह्युस्टनमा क्यानडाको सामना गर्नेछ। अस्ट्रेलियामाथि पेनाल्टी सुटआउटमा जित निकालेको इजिप्टसामु त अर्जेन्टिना हुनेछ।

त्यो भनेको डिफेन्डिङ च्याम्पियनका रूपमा लियोनल मेसी र उनका साथीको टिमको सामना। यो खेल मंगलबार एटलान्टामा हुनेछ। केप भार्डेले शुक्रबार अर्जेन्टिनालाई अन्तिम समयसम्म गाह्रै पारेको थियो, तर ३–२ ले पराजित भयो। त्यो पनि अतिरिक्त समयको खेलमा, पेनाल्टी शुटआउटको सम्भावनाबीच। यो खेललाई यस विश्वकपकै सबैभन्दा उत्कृष्ट र रोमाञ्चक खेल मानिएको छ।

डीआर कंगोका प्रशिक्षक सवास्टिन डेसाब्रे भन्छन्, ‘अन्तिम ३२ को चरणमा यति धेरै अफ्रिकी टिम पुग्नु हाम्रा लागि गौरवको उपलब्धि हो।’ अहिलेसम्म अफ्रिकाका तीन टिम अन्तिम १६ को चरणमा पुगेका छैनन्, सबैभन्दा बढी भनेकै दुई मात्र छन्। कतारमा मोरक्कोसँगै सेनेगल पनि अन्तिम १६ को चरण पुगेको थियो। सन् २०१४ मा यस्तै उपलब्धि अल्जेरिया र नाइजेरियाले हात पारेको थियो। यी टिम थप अगाडि भने पुग्न सकेनन्।

घानाका फरवार्ड ब्रेन्डन थोमस भन्छन्, ‘धेरै समय अगाडिदेखि ठूला प्रतियोगितामा अफ्रिकी टिमले केही पनि राम्रो गर्न सक्दैन भन्ने मान्यता थियो। पछिल्लो समय यो धारणमा परिवर्तन आएको छ। अफ्रिकी खेलाडीमा प्रतिभामा कुनै कमी छैन। खासमा विश्वकै अन्यत्र क्षेत्रमा पनि राम्रा खेलाडी छन्, अफ्रिका मात्र अपवाद होइन।’

कंगोले पनि इंग्ल्यान्डमाथि लामो समय एक गोलको अग्रता राखेको थियो, ह्यारी केनको दुई गोल अगाडिसम्म। सेनेगलमाथि जित निकाल्न पनि बेल्जियमलाई निर्धारित समयको अन्त्यतिर दुई गोल आवश्यक परेको थियो। बेल्जियम अतिरिक्त समयमा मात्र विजयी रह्यो। आइभोरी कोस्टले पनि नर्वेलाई उत्तिकै चुनौती दिएको थियो, इर्लिङ हालान्डले खेलको अन्त्यतिर गोल गर्न अगाडिसम्म।

दक्षिण अफ्रिका क्यानाडा र अल्जेरिया स्विटजरल्यान्डसँग हारे। घानासँगै यी टिमले यो चरणमा गोल गर्न सकेनन्। अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेट्कोभिच भन्छन्, ‘जति पनि टिम अन्तिम ३२ को चरणमा पुगे, तिनमा केही न केही विशेष थियो। विश्व फुटबलमा अझै पनि केही टिम कम्तीमा कागजमा बलिया हुन्छन्। तर यो विश्वकपले यी टिमलाई हराउन सकिन्छ भनेर प्रमाणित गरेको छ।’

Logo