काठमाडौं, १४, मंशिर
गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ मत बदर बढी हुने देखिएको छ । मतदाता शिक्षाको अभाव र दलहरूले गठबन्धन बनाएर निर्वाचनमा होमिएको तर निर्वाचन चिह्न र मतदान गर्ने तरिकाबारे मतदातालाई समयमा नसिकाउँदा उनीहरू निर्वाचनमा अलमलमा परेका हुन् । वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतले प्रत्यक्षतर्फ साझा उम्मेदवार बनाएर निर्वाचनमा सहभागी भए पनि समानुपातिकमा भने दुवै दलले आ–आफ्नो चुनाव चिह्न लिएर चुनाव लडेका थिए । प्रत्यक्षतर्फ साझा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका दलहरूले आफ्नो दललाई मात्र भोट माग्न प्राविधिक समस्या समेत थपिएको थियो । गठबन्धनका कारण एमाले र माओवादी केन्द्रले समानुपातिक तर्फ भोट माग्दा वाम गठबन्धनका नाममा माग्ने गरे पनि मतदान गर्ने तरिकाबारे भने चासो दिएका थिएनन् ।
दलहरूले मतपत्रबारे आवश्यक शिक्षा नदिनु र निर्वाचन आयोगले खटाएका कर्मचारी समेत सबै स्थानमा पुगेर मतदाता शिक्षा दिन नसक्दा मतदातामा भने अलमल देखिएको हो ।निर्वाचन लगत्तै मतदातासँग समानुपातिक मतपत्रबारे जानकारी लिँदा कतिले गत स्थानीय निर्वाचनमा जस्तै वारपार नै मत दायर गरेको, कतिपयले सूर्य र हसियाँ हथौडा मध्ये एउटामा मात्र मत दायर गरेको, कतिपयले प्रदेशसभामा छुँदा पनि नछोई प्रतिनिधिसभा तर्फ मात्र एक मत एमालेलाई र एक मत हसियाँ हथौडामा लगाएर प्रदेशसभामा मत नै नदेखिएको लगायत त्रुटि भेटिएको थियो ।
राजधानीबाट





























प्रतिक्रिया