काठमाडौं,१४,मंशिर
अज्ञात समूहले दाङको तुलसीपुरमा मंगलबार गराएको बम विष्फोटमा मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीलाई शहीद घोषणा गर्न कांग्रेसले माग गरेको छ । "/>

म्यादी प्रहरी चौधरीलाई सहिद घोषणा गर्न माग

म्यादी प्रहरी चौधरीलाई सहिद घोषणा गर्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१४,मंशिर
अज्ञात समूहले दाङको तुलसीपुरमा मंगलबार गराएको बम विष्फोटमा मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीलाई शहीद घोषणा गर्न कांग्रेसले माग गरेको छ । कांग्रेसको निर्वाचन परिचालन समितिले बुधबार विज्ञप्ती जारी गर्दै मृतकलाई सहिद घोषणा र घटनामा सम्लग्नलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसंग माग गरेको हो ।

‘निर्वाचनका बेला शान्ति सुरक्षाका लागि खटिएका चौधरीको निधन राष्ट्र प्रति समर्पित भएको हुँदा उनलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि माग गर्दछौं’ कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तीमा भनिएको छ । ‘घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न समेत सरकार समक्ष माग गर्दछौं ।’ बम विष्फोटमा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १८ का म्यादी प्रहरी चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा राती मृत्यु भएको थियो ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo