केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ मंसिर ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार दीपकुमार उपाध्यायाले जातीय उत्पीडन उन्मूलनका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रस्ट पारेका छन् ।
नेपाली कांग्रेस सवैभन्दा बढी लोकतान्त्रिक र समावेशी पार्टी भएको भन्दै उपाध्यायाले समावेशिता र लोकतान्त्रिक शासन पद्धतिका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा रुख चिन्हमा मतदान गरी लोकतन्त्रको रक्षा गर्न आम मतदातालाई आग्रह गरेका छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र १ को जहदीमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार उपाध्यायाले दलित र मुस्लिम बस्ती भएको त्यस क्षेत्रमा निर्वाचित भए लगत्तै उक्त ठाउँको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
उम्मेदवार उपाध्यायाले सो क्षेत्रको बाटो, घाटो र सिंचाइको समस्या समाधान गर्न विगतमा पनि पहल गरेको बताउँदै आगामी दिनमा पनि यस्ता विकास निर्माणका कामलाई थप तीव्रता दिने बताए । घर दैलो कार्यक्रमको समयमा स्थानीयले विकास निर्माण र पूर्वाधारको विकासमा जोड दिन माग गरेका छन् ।





























प्रतिक्रिया