विश्वकप २०२६ : पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

विश्वकप २०२६ : पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । विश्वकप २०२६ मा उपाधिका दुई दाबेदार स्पेन र पोर्चुगलबीचको अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १-० गोलले पारजित गरेको छ ।

अमेरिकाको डालासमा भएको खेलमा स्पेनका लागि मिकेल मेरिनोले इन्जुरी टाइममा एक गोल गरेका हुन् । यससँगै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको विश्वकपबाट पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप करियरमा ब्रेक लागेको छ । स्पेन यसअघि सन् २०१० मा विश्वकपको विजेता बनेको थियो ।

Logo