वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने

वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै विभिन्न मौद्रिक उपकरणहरूको व्यवस्था घोषणा गरेको छ। केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गतका प्रमुख दरहरूलाई माथिल्लो र तल्लो सीमामा कुनै परिवर्तन नगरी यथावत् राख्ने निर्णय गरेको छ।

नयाँ मौद्रिक नीतिअनुसार ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत् राखिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवम् स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिइएको छ। बजारमा वित्तीय स्थायित्व कायम राख्नका लागि यी सूचकहरूमा स्थिरता दिइएको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई थप सहज र प्रभावकारी बनाउन केन्द्रीय बैंकले नयाँ नीति अघि सारेको छ। यसअन्तर्गत वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने भएको छ।

साथै, विदेशी मुद्रा खरिदकै बखत ‘स्टेरलाइज्ड इन्टरभेन्सन’ गर्ने नीतिगत व्यवस्था समेत गरिने मौद्रिक नीतिमा उल्लेख छ।

Logo