काठमाडौं,१२, मंशिर
एकातिर मुलुक खाद्यान्नमा चाँडै आत्मनिर्भर बन्ने बताइरहेको सरकारले अर्का तिर आगामी नौ वर्ष सम्म पनि खाद्यान्नमा आत्मनिर्भर नबन्ने बताएको छ । "/>

आगामी ९ वर्ष सम्म नेपालको खाद्यान्न परनिर्भरता कायम रहने

आगामी ९ वर्ष सम्म नेपालको खाद्यान्न परनिर्भरता कायम रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१२, मंशिर
एकातिर मुलुक खाद्यान्नमा चाँडै आत्मनिर्भर बन्ने बताइरहेको सरकारले अर्का तिर आगामी नौ वर्ष सम्म पनि खाद्यान्नमा आत्मनिर्भर नबन्ने बताएको छ । कृषि विकास मन्त्रालयले पछिल्लो समय मुलुकमा खाद्यान्नको उत्पादन तथा मागको विश्लेषण गरेर मुलुक चाँडै खाद्यान्नमा आत्मनिर्भर हुने बताइरहेका बेला आपूर्ति मन्त्रालयले भने आगामी नौ वर्ष सम्म पनि मुलुक खाद्यान्नमा आत्मनिर्भर नबन्ने बताएको हो । आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनले मुलुक आगामी ९ वर्षसम्म खाद्यान्नमा आत्मनिर्भर नहुने देखिएको छ ।

मन्त्रालयले हिमाल, पहाड र तराईका १० वटा जिल्लालाई नमुनाका रूपमा लिएर नेपालमा खाद्यान्नको माग र उत्पादनको अवस्थाको अध्ययन गरेको छ । अध्ययनका क्रममा हिमालका ताप्लेजुङ, मुगु र दार्चुलालाई नमुनाका रूपमा लिइएको छ । त्यस्तै पहाडका काठमाडौं, कास्की र रोल्पा तथा तराईका मोरङ, पर्सा, रूपन्देही र बाँकेलाई नमुनाका रूपमा लिइएको छ । मन्त्रालयले यसरी १० वटा जिल्लालाई नमुनाका रूपमा लिएर गरेको अध्ययन अनुसार आगामी नौ वर्ष सम्म मुलुकमा माग अनुसारको खाद्यान्न उत्पादन नहुने प्रक्षेपण गरेको छ । मन्त्रालयले ती १० जिल्लामा गरेको अध्ययन अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ सम्म मुलुकमा कुल खाद्यान्नको माग १४ लाख ४४ हजार मेट्रिक टन रहने र मुलुकको उत्पादन १० लाख ५९ हजार मेट्रिक टन मात्रै हुने देखाएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo