सावधान …! यी नम्बरबाट आएको कल नउठाउनुस् (भिडियो वार्ता)

सावधान …! यी नम्बरबाट आएको कल नउठाउनुस् (भिडियो वार्ता)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ मंसिर ।

के तपाईंको मोबाइलमा लाखौं रूपैया पुरस्कार परेको म्यासेज आयो ? छैन भने आउने क्रममा छ ।

यस्ता नम्बरबाट आएका फोनहरु उठाउदै नउठाउनुस् । यदि झुक्किएर उठाइ हाले पनि गलत भनेर बुझ्नुहोस । नत्र ठगीमा पर्नुहोला ।

४० लाख चिठ्ठाको लोभमा पर्वतकी ४२ बर्षीया संगीताकुमारी गुरुङ जस्तै ठगीमा परिएला ! संगीतालाई भाइबरबाट ४० लाख चिठ्ठा परेको भन्दै राजश्व स्वरुप ६५ हजार बुझाउनु पर्ने फोन आयो । लालचमा परेकी संगीताले त्यो रकम बुझाइन् । त्यसपछि संगितालाई उनले पाउने पैसाका लागि चेकमा सही गर्न भन्दै उनलाई बाकी १ लाख ४० हजार पुन पठाउन भनियो, उनले त्यसै गरिन् । तर फेरि पनि उनीसंग अर्को बहाना बनाएर २ लाख ७० हजार माग गरेपछि ठगीको आशंकामा प्रहरीमा उजुरी गरियो ।

सोही उजुरीका आधारमा मोरङ प्रहरीले गोप्य रुपमा अनुसन्धान शुरु गर्योे । अनुसन्धानका क्रममा ८३ लाख, ५९ हजार ३ सय ४५ रुपैया“सहित मोरङ प्रहरीले ७ जनालार्ई पक्राउ गरेको प्रहरी प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ६ का २९ बर्षिय बलराम विश्वास, विराटनगर महानगरपालिका ७ का ५५ बर्षिय अनुपचन्द सेठिया, ललित सेठिया, बिमलकुमार चिरानिया लगायत रहेका छन् । यिनीहरुले विभिन्न प्रलोभनमा पारेर भाइबर म्यासेजबाट देशकै विभिन्न स्थानमा यस किसिमका ठगी गरेको खुलेको छ । यी त उदाहरणीय घटनाका पात्र मात्रै हुन् ।

विशेष गरेर नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोन नम्बरमा यस किसिमका ठगी भइरहेको प्रहरीको भनाइ छ ।

यही ठगीबाट बच्न नेपाल टेलिकमले आफ्ना ग्राहकलाई सचेत गराइरहेको छ, यतिबेला । टेलिकमले ०१२३४५६, १२३४५६ यस्तो नम्बरबाट फोन आए नउठाउन पोष्पेड र प्रिपेडका ग्राहकलाई म्यासेज गरी आग्रह गरिरहेको हो ।

यसै बिषयमा हामीले नेपाल टेलिकम केन्द्रीय कार्यालयकी प्रबन्धक तथा प्रवक्ता प्रतिभा बैद्यसंग कुरा गरेका छौं–

Skip This
Skip This
Logo