काठमाडौं,११,मंशिर
सरकारले आगामी चैत १ देखि देशै भर बीसबर्से पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ । बीसबर्से पुराना सवारी कति प्रयोगमा छन् भनेर अहिले देशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । विभागले ०७३ फागुन देखि काठमाडौं उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोग प्रतिबन्ध नियम कार्यान्वयनमा विभाग सफल भएको उनको दाबी छ। काठमाडौं उपत्यका भित्र बीसबर्से सार्वजनिक सवारी प्रगोगमा छैन । विभागले उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको एक सातामा सबै सवारी हटेको उनको भनाइ छ।
अन्नपूर्णबाट































प्रतिक्रिया