सुनिल पौडेलसहित १८ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ

सुनिल पौडेलसहित १८ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार मुद्दा लागेका सबै आरोपीहरूलाई सफाइ दिने फैसला गरेको हो।

सफाइ पाउनेहरूमा तत्कालीन प्रबन्ध निर्देशक पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता अर्याल, प्रतिभा वैध, र राजेन्द्र श्रेष्ठ लगायत १८ जना रहेका छन्। उनीहरुविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

Logo