अमेरिका र इरानबिच हानाहानपछि हर्मुज ठप्प

अमेरिका र इरानबिच हानाहानपछि हर्मुज ठप्प

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । अमेरिका र इरानबिच हानाहानका कारण हर्मुज स्ट्रेटमा जहाज आवतजावतमा असर परेको छ। ढुवानी तथ्यांक र अन्य स्रोतका अनुसार बिहीबार हर्मुज मार्गमा तेल ट्यांकरको आवागमन लगभग ठप्प भएको हो।

केप्लरको तथ्यांकअनुसार बिहीबार बिहानसम्म हर्मुज भएर केवल दुईवटा तेल ट्यांकर जान पाएका थिए। यसैबिच इरानको मुख्य आणविक ऊर्जा केन्द्रनजिकै रहेको बुसेहर र बन्दर अब्बासमा विस्फोट भएको छ।

बदलामा इरानले कुवेत, बहराइन र कतारमा रहेका अमेरिकी आधारमा आक्रमण गरेको छ। जोर्डनले इरानले प्रहार गरेको आठ क्षेप्यास्त्र खसालेको बताएको छ। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमा अमेरिकाले गरे आक्रमणलाई ‘युद्ध अपराध’ भनेको छ।

Logo