इरानका पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि सम्पन्न

इरानका पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इरानले आफ्ना पूर्वसर्वोच्च नेता अली खामेनीको हवाई आक्रमणमा मृत्यु भएको चार महिनापछि शुक्रबार बिहान उनको अन्त्येष्टि सम्पन्न गरेको छ ।

इरानको राष्ट्रिय झण्डाले बेरिएको खामेनेईको शवपेटिकालाई उनको गृहसहर पूर्वी इरानको मशहदस्थित इमाम रेजा दरगाहभित्र लैजाँदा बाहिर हजारौँ शोकाकुल समर्थक भेला भएका थिए ।

उनीहरूले प्रार्थना गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । यस क्रममा उनका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनेई भने सार्वजनिक रूपमा देखिएनन् । इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार, इस्लामिक क्रान्तिका सहिद नेताको पार्थिव शरीरलाई इमाम रेजा दरगाहको स्मृति हलमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिअघि एक सातासम्म देशभर शवयात्रा, श्रद्धाञ्जली सभा र शोक र्‍याली आयोजना गरिएको थियो । यी कार्यक्रम चलिरहेकै बेला केही साताअघि भएको युद्धविरामपछि अमेरिका र इरानबीचको सैन्य तनाव पुनः चर्किएको छ । डीडब्ल्यू

Logo