काठमाडौं,११,मंशिर
आइतबार राजनीतिक दलका कतिपय नेता र कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे । उदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ। उनले मतसंकेत गरेको मतपत्रको फोटो फेसबुकमा हालेका छन् । तामाङ एक उदाहरण मात्र हुन् । आफ्नो व्यक्तिगत एकाउन्टबाट आफ्नो राजनीतिक आस्था झल्काउन मत संकेत गरेको फोटो प्रचार गर्नुलाई सामान्य पनि भन्न सकिन्छ तर कानुनी हिसाबले हेर्ने हो भने यो दण्डनीय हो। निर्वाचन कसुर तथा सजायँ ऐन ०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ। यसो गरेमा मतदान अधिकृतले १५ हजार रुपैयाँ सम्म जरिबाना गर्न सक्ने व्यवस्था उपदफा २ मा व्यवस्था छ ।
कानुनले समाजिक सञ्जालमा मत संकेत सार्वजनिक गरे के हुने भन्ने विषयमा नबोले पनि मत संकेत गरेको मतपत्र कसैलाई देखाउन वा सार्वजनिक गर्न नहुने स्पष्ट उल्लेख गरेको छ। ऐनमा मत संकेत सार्वजनिक गरेको मतपत्र मत पेटिकामा नखसालेको भए मतगणना नहुने पनि उल्लेख छ।
अन्नपूर्णबाट































प्रतिक्रिया