सिन्धुपाल्चोक,११,मंशिर
इन्द्रावती गाउँपालिका ३, कुन्चोक स्थित खुदुमे डाँडा मतदान केन्द्रमा सात जना किरियापुत्रीले मतदान गरेका छन् । आठ दिन देखि बुवाको किरिया बसेका बुढीचौरका सात दाजुभाइ र उनीहरूका पत्नीले आइतबार वडा कार्यालयमा रहेको मतदान केन्द्रमा डेढ घन्टा हिँडेर मतदान गरेका हुन् । बुवा अम्बबहादुर बानियाँको किरिया बसेकै अवस्थामा छोराहरू दीपबहादुर, पदमबहादुर, बालचन्द्र, रामबहादुर, भीमबहादुर, सन्तोष र बाबुरामका साथै ६ बुहारीले मतदान गरे । किरियापुत्री र उनीहरूका पत्नीले अरूलाई छुन नहुने मान्यताका कारण मतदानस्थलमा उपस्थित उनीहरूका तर्फबाट इच्छाइएका दीपबहादुरका छोरीहरू मनीषा र नम्रता बानियाँले मतदान गरेका थिए। लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले आफूहरू असहज परिस्थितिमा पनि मतदान गर्न आएको बाबुरामले बताए।
अन्नपूर्णबाट































प्रतिक्रिया