काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राइड सेयरिङ चालक गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्री बालेन शाहको मौनता किन भन्दै प्रश्न उठाएकी छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनेकी छन्, ‘हिजोको घटनामा तपाईंको मौनता किन प्रधानमन्त्रीज्यू, विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जबाफ दिन किन टाढा हुनुहुन्छ ?’
राज्य आतंकका कारण एक युवाले आफ्नो शरिरमा आगो सल्काउँदा राज्य मुकदर्शक भएको उनको भनाइ छ।






























