गणेश नेपालीले आत्मदाह गरेको घटना छानबिन गर्न समिति गठन

गणेश नेपालीले आत्मदाह गरेको घटना छानबिन गर्न समिति गठन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । गणेश थापाले आत्मदाह गरेको घटनामा गृह मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री गुरूङले डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्।

उनले भनेका छन्, ‘डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छौं। तीन नगर प्रहरी सोधपुछका लागि नियन्त्रणमा लिएका छौं । यसमा हामी निष्पक्ष रूपमा छानबिन गर्छौं।’

बिहीबार दिउँसो राहदानी विभाग अगाडिको सडकमा आत्मदाह गरेका मुगुका नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Logo